
विश्वेश्वरप्रसाद कोइराला (बीपी) साहित्य महोत्सव, २०८० को दोस्रो दिनको कार्यक्रम नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ ।
आज सोमबारको कार्यक्रममा वीर गणेशमान चलचित्र प्रदर्शन गरी महोत्सवको सुरुवात गरिएको हो ।
मार्क्स, गान्धी र बपी, आजको लोकतान्त्रिक समाजवादको खोज’ विषयमा आनन्द कुमारले सम्भाषण दिने कार्यक्रम छ । सहजकर्ता शङ्कर तिवारी छन् ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सहजीकरणमा बीपीले नपाएका १५ वर्ष इतिहासमाथि चर्चा हुँदैछ । हरि शर्मा, विपन अधिकारी, अच्युत वाग्ले र मञ्जला झा वक्ता छन् ।
आजका कार्यक्रममा बीपीका आख्यानमा मधेश, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा वीपी, युवा स्रष्टामा वीपी पठन शीर्षकका आख्यान र साहित्यमा प्रवचन तथा छलफल छ ।
महोत्वसका क्रमममा थारु समुदायका महिलाहरुले नाचगान गरेर आफ्नो पहिचान झल्काउने काम पनि गरेका छन् ।