Public Pana
सीपीसीका विदेश विभाग प्रमुखलाई एमाले महासचिव पोखरेलको आग्रह

नेकपा एमालेका महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियनचाओबीच सोमबार बेइजिङमा भेटवार्ता भएको छ ।

महासचिव पोखरेल र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भएको भेटवार्तामा द्विपक्षीय हित र सहकार्यका विषयमा कुराकानी भएको छ ।

उक्त भेटका क्रममा महासचिव पोखरेलले १८१६ मा भएको सुगौली सन्धिले निर्धारण गरेअनुसार नेपालको नक्सा संसद्बाट पास गरेर औपचारिक रुपमा जारी गरेको बताएका थिए । 

उनले त्यही नक्साका कारण नेपालले दबाब र अप्ठ्याराहरुको पनि सामना गर्नु परेको कुरा चिनियाँ नेतासँग बताए ।
 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update