Public Pana
सबैलाई अर्बपति बनाउन लाग्यो अमेरिका -  के नेपालले चान्स पाउला ?

सौर्यमण्डलमा भएको क्षुद्रग्रहलाई पृथ्वीमा ल्याएर सबैलाई बाडेर हरेक व्यक्तिलाई अर्बपति बनाउन अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यात्रा सुरु गर्दै छ । 

नासाको नजर त्यो क्षुद्रग्रहमा छ । 
साइकी नाम दिइएको क्षुद्रग्रहलाई नासाले आगामी अक्टोबर ५ मा एउटा मिसन प्रक्षेपण गर्ने घोषणा गरेको छ  ।

जसले क्षुद्रग्रह वा एस्टोरोइड साइकीको बारेमा जानकारी सङ्कलन गर्नेछ। नासाको अन्तरिक्ष यान फ्लोरिडास्थित नासाको केनेडी स्पेस सेन्टरबाट उड्नेछ ।

एस्टेरोइड साइकी अन्तरिक्षमा मंगल र बृहस्पति बीचको मुख्य क्षुद्रग्रह बेल्टमा छ। सबैभन्दा पहिले नासाको अन्तरिक्ष यान त्यहाँ पुग्नुपर्छ ।

नासाका अनुसार यसको मिसन लगभग २६ महिना साइकीको वरिपरि घुम्नेछ । उसले क्षुद्रग्रहको तस्बिर लिनेछ । वैज्ञानिकहरूलाई यसको इतिहास र संरचना बारे थप बुझ्न मद्दत गर्न डाटा सङ्कलन गर्नेछ ।

यो नासाको दीर्घकालीन मिशन हो। यो अन्तरिक्ष यान कुल ६ वर्षको यात्रामा जानेछ र सोलार इलेक्ट्रिक प्रोपल्सन प्रयोग गरी आफूलाई चलिरहनेछ ।

अमेरिकी अन्तरिक्ष एजेन्सीका अनुसार यो पृथ्वीबाट पत्ता लागेको १६ औं क्षुद्रग्रह हो । सन् १८५२ मा इटालियन खगोलविद् एनिबाले डे गास्परिसले ‘साइकी’ लाई पत्ता लगाएका थिए । यो प्राचीन ग्रीक पौराणिक कथामा आत्माको देवीको नाममा राखिएको थियो ।

यसको व्यास २२६ किलोमिटर भएको अनुमान गरिएको छ। वैज्ञानिकहरूले राडारको सहयोगमा क्षुद्रग्रहको साइकी को अध्ययन गरेका छन् ।

साइकी आलु जस्तै आकारको छ र यसमा बहुमूल्य धातुहरू छन् ।

यसको मूल्य १० हजार क्वाड्रिलियन डलर पर्छ ।

एस्टेरोइड साइकीमा १०,००० क्वाड्रिलियन डलर बराबरको फलाम, निकल र सुन हुन सक्छ। क्वाड्रिलियनको मूल्य सानो छैन। एक क्वाड्रिलियनमा १५ शून्यहरू हुन्छन् । यो संख्या पनि ट्रिलियनपछि आउँछ ।

अमेरिकाका सबै धनी हुँदा त्यहाँ बस्ने नेपालीले अवस्य चान्स भएपनि नेपाल लगायत विश्वका अरु देशका जनताको अवस्था के होला ? भन्ने बहस शुरु भएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update