Public Pana
आन्दोलनका कारण विमानस्थलबाट सबै वस्तुको भन्सार पास अवरुद्ध

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट वस्तु पास आज सोमबार ठप्प भएको छ ।

आन्दोलनरत कर्मचारीले औषधि बाहेकका सबै वस्तु पास ठप्प पारेका हुन् ।

हिजो आइतबार कर्मचारीहरुले प्रमुख भन्सार प्रशासकलाई पत्र लेख्दै विरोध कार्यक्रमबारे जानकारी गराएका थिए ।

उनीहरुले कर्मचारीमाथि धरपकड गरी हिरासतमा लिने लगायतका कार्य अविलम्ब बन्द गर्नुपर्ने माग गरेका छन् ।
कार्यस्थलमा नियमति उपस्थिति भई निर्भिक रुपमा उच्च मनोबलका साथ कार्य गर्ने वातावरण समेत हुनपर्ने मागपत्रमा उल्लेख छ ।

पछिल्लो समय सुन पास भएको विषय बाहिर आएपछि विमानस्थल कर्मचारीमाथि धरपकड भइरहेको भन्दै आक्रोश व्यक्र गरेका हुन् ।

अमानवीय तरिकाले गिरफ्तार गरेकोले उनीहरुलाई रिहा गर्नुपर्ने, दोषि प्रमाणित नहुँदै कर्मचारीको वैयक्तिक विवरण सार्वजनिक गर्ने काम अविलम्ब बन्द गरिनुपर्ने लगायत माग कर्मचारीहरुले अघि सारेका छन् ।

सुन प्रकरणमा हाल विमानस्थलका केही कर्मचारीहरु गिरफ्तार छन्।

उनीहरुलाई के कति कारणले गिरफ्तार गरेको हो? सो विषय कर्मचारी कार्यरत कार्यालयलाई समेत जानकारी नदिइएको आन्दोलनरत कर्मचारीहरुको आरोप छ ।
 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update