Public Pana

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा आक्रमण गर्ने प्रयास भइरहेको भन्दै सचेत हुनुपर्ने बताएका छन् ।

ज्यापु समाज यलले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठले जातिय एवं धार्मिक सद्भाव बिथोल्न द्वन्द्व पैदा गर्ने प्रयास भइरहेको भन्दै सचेत हुनुपर्ने उल्लेख गरेका हुन् ।

उनले नेपाली समाजको मौलिक परम्परा बिर्गान खोज्ने षडयन्त्रलाई सफल हुनु नदिने स्पष्ट पारे ।
उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले राजनीतिक परिवर्तनसंगै आधारभूत आवश्यता पुरा होस भन्ने आकांक्षा जनताको रहेको भन्दै यसप्रति सरकार गम्भीर भएर काम गरिरहेको जिकिर गरे ।

नेपाली जनताले चाहेजस्तो बिकास समृद्धि पुरा हुन नसकेको भन्दै उनले सरकारको गम्भीर कार्यभार बिकास समृद्धितर्फ अघि बढ्नु भएको उल्लेख गरे ।

गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार अन्त्य नभएसम्म मुलुकमा सुशासन कायम हुन नसक्ने भएकाले सरकारले अघि बढाएको भ्रष्टाचारबिरुद्धको अभियान नरोकिने बताए ।

उनले सुशासनको अभियानलाई सफल पार्न नदिने नयाँ षडयन्त्र सुरु भएको भन्दै सवै मिलेर यसलाई प्ररास्त गर्नुपर्ने धारणा राखे ।
 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update