Public Pana
समाजवादी मोर्चाको आज विराटनगरमा सभा

चार दल सम्बद्ध समाजवादी मोर्चाले आज विराटनगरमा सन्देशसभा आयोजना गरेको छ । 
 

सन्देशसभामा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सम्बोधन गरेका छन् ।
 

मोर्चाले यसअघि मधेस, लुम्बिनी, कर्णाली, गण्डकी र वाग्मती प्रदेशमा सभा गरिसकेको छ ।
 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update