Public Pana
टीआरसीका लागि एमालेलाई फकाउन लागिरहे सत्तारुढ दल

संक्रमणकालीन न्यायसम्बन्धी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) विधेयकलाई टुंग्याएर संसद्मा पेस गर्ने तयारी भइरहेको छ।
 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिका र चीन भ्रमण गर्नुअघि नै उक्त विधेयक संसद्मा पेस गर्न छलफल भइरहेको छ ।
 

तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ‘ग्रिन सिग्नल’ नदिएकाले विधेयक कानुन न्याय तथा मानवअधिकार उपसमितिमा छलफलकै क्रममा छ । 
 

‘एमाले अध्यक्ष केपी शर्मा ओलीजीले टीआरसी टुंगो लगाउने छलफलमा आउनै चाहनुभएको छैन, सहमतीय आधारमा बिल पारित गर्ने प्रधानमन्त्रीको चाहना हो’, प्रधानमन्त्री कार्यालयले जनाएको छ । 
 

प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पनि दलहरुबीच साझा समझदारी बनाएर बिललाई टेबुल गर्ने बताए ।
 

प्रतिनिधि सभाअन्तर्गतको कानुन न्याय तथा मानवअधिकार उपसमितिले सबै दलको सहमति जुटाउनेगरी प्रतिवेदनको मस्यौदा तयार पारिसकेको छ ।
 

तर, एमाले अध्यक्ष केपी शर्मा ओलीको सकारात्मक निर्देशन नपाएपछि ड्राफ्टलाई अन्तिम रुप दिन आइतबार बैठक बस्ने तय गरिए पनि बसेन ।
 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  ०९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update