Public Pana
वैदेशिक रोजगारीको नाममा ३३ लाख ठगी गर्ने ३ जना

वैदेशिक रोजगारीको नाममा विभिन्न व्यक्तिबाट ३३ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ३ जनालाई पक्राउ गरेको छ । 

फ्रान्स, टर्की र सर्बिया पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट ३३ लाख रुपैयाँ ठगी गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 
 


फ्रान्स, टर्की र सर्बिया पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट ३३ लाख रुपैयाँ ठगी गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 
 

पक्राउ पर्नेमा कैलाली लम्किचुहा नगरपालिका–५ स्थाइ घर भई हाल काठमाडौं महानगरपालिका २६ नयाँ बसपार्क बस्ने २३ वर्षका चित्रबहादुर मगर, स्याङ्जाको वालिङ नगरपालिका–१२ घर भई हाल काठमाडौँको सुकेधारा बस्ने ४९ वर्षीय वीरबहादुर गुरुङ र धादिङको ज्वालामुखी गाउँपालिका घर भई भक्तपुरको थिमी नगरपालिका– ३ बस्ने राजकुमार लामिछाने छन् । 
 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  ०९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update