Public Pana
श्रम गन्तव्य मुलुकका राजदूत र कूटनीतिक नियोग प्रमुखसँग हुने भो, प्रधानमन्त्री दाहालको छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका श्रम गन्तव्य देशका नेपाली राजदूत र कूटनीतिक नियोगका प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन् । 

श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्ने उद्देश्यले दुई दिने बैठक आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

बैठकको अध्यक्षता स्वयं प्रधानमन्त्री प्रचण्डले गर्नेछन् । 

छलफलमा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयको सक्रिय सहभागिता रहनेछ।

बैठक आज सोमबार र भोलि मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा चल्नेछ ।

श्रम आप्रवासनका सवाल र कुटनीतिक नियोगको भूमिकाका विषयमा बैठकमा छलफल हुने सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बैठकले श्रम स्वीकृतिदेखि कार्यस्थलसम्म नेपाली श्रमिकले भोगेका समस्या र त्यसको समाधानको उपाय निकाल्ने विश्वास छ ।

प्रधानमन्त्रीको पहलमा पहिलो पटक हुन लागेको यसप्रकारको बैठकले सुरक्षित श्रम गन्तव्यको लागि आवश्यक कानुनी र संरचनात्मक सुधारको बाटो पहिल्याउने छ ।

नेपालमा यसप्रकारको छलफल पहिलो पटक हो ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update