Public Pana
केबल फाइबरमा प्रतिस्थापन गर्दै नेपाल टेलिकम

नेपाल टेलिकमले कपर केबललाई अत्याधुनिक अप्टिकल फाइबर प्रविधिमार्फत प्रतिस्थापन गर्ने योजनालाई तीब्र बनाएको छ ।
 

टेलिकमले आइतबार सूचना प्रकाशित गर्दै काठमाडौंका गोंगबु, चाबहिल र गौशला क्षेत्रमा असोज १ गतेदेखि कपर बेस्ड ल्याण्ड लाइन (पीएसटीएन) सेवा बन्द हुने जानकारी दिएको छ ।
 

यी क्षेत्रमा कपर केबरबाट सेवा लिइरहेका ग्राहकलाई फाइबर टु दि होम (एफटीटीएस) प्रविधिमा प्रतिस्थापना हुन टेलिकमले आग्रह गरेको छ । 
 

फाइबर प्रविधिका लागि आवश्यक पूर्वाधार तयार भइसकेकाले कपर छोड्न ग्राहकलाई प्रोत्साहित गरिरहेको नेपाल टेलिकमले जनाएको छ । 
 

फाइबरको नेटवर्क विस्तारसँगै कपर प्रयोगकर्ता घट्दो क्रममा छन् । आर्थिक वर्ष २०८१-८२ भित्रमा सबै कपर बेस्ड ग्राहकलाई फाइबरमा रुपान्तरण गर्ने योजना अनुरुप काम भइरहेको टेलिकमको दाबी छ । 
 

कपर केबलमार्फत ल्याण्डलाइन र इन्टरनेट सेवा प्रयोग गरिरहेका ग्राहकलाई टेलिकमले निःशुल्क फाइबर जडान गरिरहेको छ ।


 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  ०६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update