Public Pana


नेपाली सेनाले काठमाडौं तराई मधेश द्रुत मार्ग सडक आयोजना निर्माणको भौतिक प्रगति २६ दशमलव १४ प्रतिशत रहेको जनाएको छ ।

.
सेनाले हिजो आइतबार सैनिक मुख्यालयमा पत्रकार सम्मेलन गर्दै हालसम्म  द्रुत मार्गको करिव ९५ प्रतिशत प्याकेजहरु कार्यान्वयन तथा खरिद प्रक्रियामा गइसकेको र हालसम्म निर्माणको भौतिक प्रगति २६ दशमलव १४ प्रतिशत रहेको जनाएको हो । 


त्यस्तै आयोजनाको समष्टिगत बितीय प्रगति मोविलाइजेशन सहित २८ दशमलव ११ प्रतिशत रहेको सेनाले जनाएको छ ।


आयोजना अन्तर्गत तीनवटा सुरुङहरुको जम्मा लम्वाई ६ दशमलव ४१५ मिलोमिटर मध्ये २ दशमलव ६६७ किलोमिटर अर्थात ४१ दशमलव ५७ प्रतिशत काम भएको सेनाले जनाएको छ । 


त्यस्तै खोकना क्षेत्रमा द्रुत मार्गको सुरु विन्दु निर्धारण गरि सवारी आवागमन व्यवस्थापन सम्बन्धी निर्णय र जग्गा अधिग्रहण विवाद समाधान पश्चात खरिद प्रक्रिया सुरु गर्ने सुरु गर्ने गरि तयारी अवस्थामा रहेको आयोजना प्रमुख प्राविधिक उपरथी कमल विक्रम शाहले जानकारी दिए ।


त्यस्तै सेनाले सैनिक कल्याणकारी कोषमा २०८० असार मसान्तसम्ममा ७१ अर्ब ५ करोड ६१ लाख रुपैयाँ जम्मा भएको जनाएको छ । कोषमा यस वर्ष १३.३४ प्रतिशत अर्थात् ८ अर्ब ३६ करोड ७२ लाखले वृद्धि भएको हो । 


त्यस्तै कोषको यथार्थ सम्पत्ति ७७ अर्ब ६१ करोड १ लाख रुपैयाँ पुगेको सेनाले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  ०५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update