Public Pana
भ्रष्टाचार विरोधी अभियानले प्रतिगामीको सात्तो उड्योः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकारले सुरु गरेको नयाँ अभियानले हिजो सत्तामा हुँदा देश र जनताप्रति गद्दारी गर्नेहरुको सातो गएको बताउनुभएको छ ।

समाजवादी मोर्चाले बागमती प्रदेश अन्र्तगत आईतबार हेटौंडामा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्नुहुुँदै प्रधानमन्त्री प्रचण्डले सरकारले सुरु गरेको भ्रष्ट्राचारविरुद्धको अभियानले प्रतिगामीहरुको सात्तो उडेको बताउनुभएको हो । 


यसपटक सरकारको नेतृत्व गरिरहँदा देश र जनताको पक्षमा देखिनेगरी काम सुरु गर्ने आफ्नो योजना अनुुरुप भ्रष्ट्राचारविरुद्ध निर्मम भएर काम गरिरहेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गर्नुभयो । उहाँले सरकार भ्रष्ट्राचारलाई निर्मुल पार्न, सामाजिक न्याय र सुशासन कायम गर्न कुनैपनि मूल्य चुकाउन तयार रहेको प्रष्ट पार्नुभयो ।

हिजो कुशासन चलाउनेहरु अहिले सरकारले सुरु गरेको अभियानबाट आतिएर सरकारविरुद्ध षड्यन्त्र र घेराबन्दी सुुरु गरिरहेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गर्नुभयो ।
सरकारको अभियानबाट आतिएका प्रतिक्रियावादीहरुले विभिन्न नाममा एकजुट भएर अहिले विस्तृत शान्तिसम्झौताको भावना र संविधानको मर्म विपरीत सरकारविरुद्ध सबै खाले षड्यन्त्र र तानाबाना बुुन्न तल्लिन रहेको प्रधानमन्त्री प्रचण्डले बताउनुुभयो ।

 ‘सरकारले जसरी एकपछि अर्को भ्रष्ट्राचारका काण्डहरु खोल्दै गएको एकाथरीलाई मन परेको छैन् । उनीहरु सरकारविरुद्ध लागेका छन् । हिजो अनेकन भ्रष्ट्राचारका काण्ड मच्चाउनेहरु एकजुट भएर सरकारविरुद्ध लागेका छन् । कुनै पनि षड्यन्त्र, गुटबन्दी र धम्कीले सरकार अभियानबाट पछि हड्दैन् । यसलाई अझै सशक्त ढंगबाट लगिने छ,’– प्रधानमन्त्री प्रचण्डले भन्नुभयो । 


सरकार देश र जनताको पक्षमा काम गर्न जुनसकै बाधालाई परास्त गर्दै अगाडि बढ्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्ट्राचारको विरुद्ध, जनजीविका, समृद्धि र सुशासनको पक्षमा कसैसँग घुँडा नटेक्ने बताउनुभयो ।

सरकारले सुरु गरेका राम्रा कामबाट प्रतिक्रियावादीहरु आतिएको उल्लेख गर्दै उहाँले यो अभियान सबै नेपाली जनताको भएकाले साथ र समर्थन गरेर सरकारलाई अझै उर्जा थप्न आग्रह गर्नुभयो । सरकारले हरेक काम जनताको साथबाटै आँट गरेको बताउँदै अहिलेको सरकारको अभियानमा पनि जनसमर्थन आवश्यक रहेको उल्लेख गर्नुभयो । 


समाजवादी मोर्चा निर्वाचनका लागि नभएको प्रष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले अहिलेका उपलब्धि र संविधानको रक्षा गर्दै गणतन्त्रलाई सर्वहारा, समाजवादीहरुको बनाउनका लागि जन्मिएको बताउनुु्भयो ।

यो मोर्चा लामो संघर्ष र बलिदानबाट देश र जनताले प्राप्त गरेको महान उपलब्धिहरुको रक्षा गर्न बनेको उल्लेख गर्नुभयो । गणतन्त्रलाई बुुर्जुुवाहरुको मात्र हुन नदिनका लागि समाजवादी पक्षधरहरु एकजुट भएर मोर्चाबन्दीमार्फत् मैदानमा उत्रिएको प्रधानमन्त्री प्रचण्डले उल्लेख गर्नुभयो । 

कम्युुनिष्टहरु फुट्छन् मात्र भन्ने नजिरलाई तोड्दै अब समाजवादी मोर्चामार्फत् देशलाई आवश्यक परेको अवस्थामा कम्युुनिष्टहरु जुट्छन् भन्ने सन्देश दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अब विभिन्न अवस्थामा रहेका कम्युनिष्टहरु एउटै केन्द्रमा सामेल हुने परिस्थिति बनेको बताउनुुभयो ।

अहिले बनेको मोर्चा सबै परिवर्तनकारीहरुको साझा मोर्चा भएकाले प्रतिक्रियावादीहरुलाई परास्त गरेर उपलब्धिहरुको रक्षा गर्न एकजुट हुुन उहाँले आग्रह गर्नुभयो ।

उहाँले प्रतिक्रियावादीहरुलाई परास्त गर्न र उपलब्धिको रक्षागर्न आमजनतासँगै सरकार पनि आन्दोलनमा उत्रने बताउनुुभयो । 
 

प्रधानमन्त्रीले परिवर्तनको रक्षा, सुशासन, सम्बृद्धि र सामाजिक न्यायका लागि नेपाली कांग्रेस, माओवादी, समाजवादीसहितका दलको गठबन्धन बनेको र गठबन्धनका नेताहरु विरुद्ध प्रतिगामीहरुले खुकुरी हान्ने जस्तो जघन्य घटना घटाएको भन्दै यसलाई कुनै हालतमा छुट नदिइने प्रष्ट पार्नु भयो ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update