Public Pana
सुन तस्करी प्रकरणमा ओम्नी ग्रुपको पनि सलग्नता !


६० किलो सुन तस्करी प्रकरणमा विवादास्पद ओम्नी ग्रुपस“ग आवद्ध रहेका भीमकान्त भण्डारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले सोधपुछ गरेको छ । 

कोभिडका बेला  आर्थिक चलखेल गरि सरकारी टेण्डर पारेर काम गर्न नसकेको ओम्नी ग्रुपले संचालनमा ल्याएको विध ल्यावका संचालक भण्डारीलाई सुन तस्करी प्रकरणमा अनुन्धानका लागि सिआइवीले बयान लिएको हो । 

उक्त प्रकरणमा पक्राउ परेका चिनिया“ मुलका बेल्जियमा नागरिक दावा छिरिङस“ग पटक पटक कुराकानी भएको देखिएपछि सिआइबीले कार्यालयमै बोलाएर भण्डारीस“ग बयान लिएको हो ।

भण्डारी आवद्ध विद ल्याब ओम्नी ग्रुपद्वारा सञ्चालित ल्याव हो, कोभिडका बेला ठुलो मात्रामा बिदेशबाट भित्राइएको पिसिआरस“ग सम्बन्धित रिएजेन्ट र सर्जिकल सामानहरु चीनबाट ओम्नी ग्रुपले नै बिमान चार्डट गरि ल्याउने गरेको थियो ।

प्रहरी उच्च स्रोत भन्छ कोभिड महामारीका बेला स्वास्थ्य उपकरण भनेर ओम्नी ग्रुपले चीनबाट बिमान चार्डट गरी धेरै कार्गाे ल्याएको थियो,  सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरुको सम्बन्ध के कस्तो हो बिस्तारै खुल्दै जाला । 

ओम्नी ग्रुपले बजार भाउ भन्दा बढी मुल्यमा नेपाल सरकारलाई कोभिड १८ सम्बन्धी उपकरणहरु दिएकोवारे चौतर्फी आचोचना भएपछि सरकारले उक्त ग्रुपस“ग गरेको सम्झौता रद्द गरेको थियो । 
 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update