Public Pana
ललिता निवास प्रकरणमा १७ जना आरोपितलाई रिहा गर्न अदालतको आदेश

ललिता निवास जग्गा प्रकरणमा काठमाडौं जिल्ला अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङसहित १७ जनालाई रिहा गर्न आदेश दिएको छ। 

आइतबार अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलाशले उक्त प्रकरणमा मुद्धा लागेका गुरुङसहित अन्य १७ जनालाई पनि छाड्न आदेश दिएको हो ।

यद्यपी भाटभटेनीका संचालनक गुरुङसँग भने दुई करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ। अन्य १६ जनालाई धरौटीमा रिहा गर्न भनेपनि प्रतिवादी केशव तुलाधरलाई सामान्य तारेखमा छोड्न भनिएको छ । 

सरकारी वकिल कार्यालय काठमाडौंले ललिता निवास प्रकरणको मुद्दा भदौ १० गते दर्ता गरेको थियो। सरकारी कागजात किर्ते गरेको कसुरमा मुद्दा दायर भएको थियो।

यस प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले २८९ जनालाई प्रतिवादी बनाएको थियो।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update