Public Pana
विध ल्याबका सञ्चालक भण्डारीसँग बयान : ६० किलो सुन प्रकरण

सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ ।
 

हङकङबाट त्रिभुवन विमानस्थल हुँदै भित्रिएको ६ किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दावा छिरिङसँग सम्पर्क देखिएपछि सीआईबीले भण्डारीसँग बयान लिएको हो ।
 

उनलाई आज आइतवार सीआईबीकै कार्यालयमा बोलाएर बयान लिइएको हो ।
 

नेपालको समेत नागरिकता बनाएका बेल्जियन नागरिक दावा पक्राउ परेकामध्ये उपल्लो तहका व्यक्ति भएको निष्कर्षसहित प्रहरीले अनुसन्धान गरिरहेको छ ।
 

दावासँग भण्डारीको पटक–पटक कुराकानी भएको पाइएको सीआईबी अधिकारीहरूले बताएका छन् ।
 

त्रिभुवन विमानस्थल भन्सारबाट पास भइसकेको सुन राजस्व अनुसन्धान विभागको टोलीले गत साउन २ गते बरामद गरेको थियो ।
 

करिब ६० किलो सुन प्रकरणमा अहिलेसम्म ३० जना पक्राउ परेका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update