Public Pana
बालुवाटार जग्गा प्रकरणमा थुनछेक बहस सकियो  

बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १८ जनाविरुद्ध थुनछेक बहस सकिएको छ । 

आज आइतबार नै प्रतिवादी लोकहरी घिमिरेको तर्फबाट बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस पनि गरेका हुन ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको इजलासले आजै थुनछेक आदेश दिने भएको छ । 

बालुवाटार जग्गा प्रकरणमा मृतक २१ सहित ३१० जनालाई प्रतिवादी बनाए पनि प्रहरीले १८ जनालाई मात्रै पक्राउ गरेको छ । उनीहरुलाई मुद्दाको फैसला हुन्जेल थुना बाहिर राख्ने कि, धरौटीमा वा साधारण तारेखमा छाड्ने भन्ने आदेश हुने छ । 

बालुवाटार जग्गा प्रकरणमा भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङ, शिवजी भट्टराई, रुद्रकुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, कलाधर देउजा, घमनकुमार कार्की, गोपाल कार्की र विनोद प्रसाद पौडेल थुनामा छन् ।  

अरुण कुमार श्रेष्ठ, ध्रुवप्रसाद अर्याल, केशव तुलाधर, बावुराजा महर्जन, देवनारायण महर्जन, योगराज पौडेल, नारायणदास मिश्र, सकलानन्द महर्जन, सञ्जयकुमार महर्जन र लोकहरी घिमिरे पनि हिरासतमा छन् । 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update