Public Pana

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कोशी प्रदेशमा कांग्रेसको साथ लिन सम्वाद भइरहेको बताउनुभएको छ ।

आइतबार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले बोलाउनुभएको छलफलपछि सञ्चारकर्मीसंग कुरा गर्दै ज्ञवालीले कोशी प्रदेशमा कांग्रेसले जिम्मेवार भूमिका खेलोस भन्ने एमालेको चाहना रहेको भन्दै सम्बाद भइरहेको बताउनुभएको हो ।

अहिले प्रारम्भीक चरणको छलफलमा केहि संकेत प्राप्त नभएपनि प्रदेशको हितका लागि कांग्रेसले साथ दिन उचित हुने उहाको भनाइ छ ।

ज्ञवालीले कोशीमा गठबन्धनले पटक पटक संविधान मिच्दा अहिलेको अवस्था आएको र प्रदेशप्रति जनताको वितृष्णा जाग्ने देखिएको धारणा राख्नुभयो ।

कोशीमा मध्यावधिमा जाने र जनताको वितृष्णा बढाउने काम गर्न नहुने भएकाले कांग्रेसले जिम्मेवार भूमिका खेल्नुपर्ने उहाको भनाइ छ । 

ज्ञवालीले यस्तो दावी गरेपनि सत्तारुढ प्रमुख घटक नेपाली कंग्रेसले समर्थन त परै जाओस, यसबिषयमा एमालेसँग कुनै प्रकारको छलफल समेत नगर्ने कंग्रेसका एक नेताले दावी गरे । 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १४:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update