Public Pana
विश्वकपको फाइनल पोल्यान्डका रेफ्रीले खेलाउने

पोल्यान्डका सायमन मार्चिनियाकले  आइतबार हुने कतार फिफा विश्वकपको फाइनल खेल खेलाउने भएका छन् । लुसेल मैदानमा हुने फाइनलमा दुईपटकका च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । 

४१ वर्षीय मार्चिनियाक विश्वकप फाइनल खेलाउने पोलिस पहिलो रेफ्री भएका छन् । मार्चिनियाकले सन् २०१८ को विश्वकपमा पहिलो खेल खेलाएका थिए । मार्चिनियाकलाई सहायक रेफ्रीका पावल सोकोल्निकी र तोमाज लिस्टकिविच हुनेछन् । 

कतारका अब्दुलरहमान अली जासिमले तेस्रो स्थानको खेल खेलाउने छन् । तेस्रो स्थानको लागि क्रोएसिया र मोरक्कोबीच शनिबार राति खलिफा अन्तर्राष्ट्रिय मैदानमा भिडन्त हुनेछ । 

अब्दुलरहमानलाई तालेव अलि मारी र साउद अहमेद अल्माकलेहले सहायक रेफ्रीमा रहयोग गर्नेछन् ।

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update