Public Pana

हिमालय एयरलाइन्सले काठमाडौँदेखि चीनको पर्यटकीय सहर छिन्ताओमा हवाई उडान सुरु गरेको छ । 

एयरलाइन्सले आइतबारबाट छिन्ताओमा सिधा उडान सुरु गरेको हो । सिधा उडानको  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदूत छेन सोङ लगाएतले शुभारम्भ गर्नुभएको थियो ।

साताको चार उडान गर्ने र यात्रुको चाप अनुरुप आगामी दिनमा उडान थप्ने योजना रहेको कम्पनीले उल्लेख गरेको छ । हिमालय एयरलाइन्स्ले अहिले चीनको बेइजिङ, चोङचिङ, चाङ्सा, नानिङ र गोयाङमा उडान गर्दै आएको छ ।

उद्घाटन उडानका अवसरमा पर्यटनमन्त्री कितारीले चीनको सांस्कृतिक एवं पर्यटकीय सहर   छिन्ताओमा  हिमालयले पहिलो पर्यटन उडान भरेर पर्यटनका लागि महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभयो ।

छिन्ताओ चीनको एक लोकप्रिय सांस्कृतिक र आर्थिक सहर भएकाले दुई देशबीच पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उहाको विश्वास छ । 

त्यस्तै चिनिया राजदूत सोङले नयाँ रुटले नेपालको उड्डयन उद्योगमा नयाँ गति ल्याउने बताउनुभयो । उहाले द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको प्रतिनिधित्व गर्दै दुई देशबीचको मित्रता र सहयोगमा महत्वपूर्ण योगदान पु¥याउने उहाको भनाइ छ ।

एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले दुई देशबीच पर्यटन प्रवर्द्र्धन गर्ने उद्देश्यले काठमाडौँबाट  छिन्ताओमा  सिधा उडान सञ्चालन गरिएको जानकारी दिनुभयो । 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update