Public Pana
कोशी प्रदेशमा १३ दिनपछि बजेट शून्यता अन्त्य, प्रदेश प्रमुखद्वारा आर्थिक र विनियोजन अध्यादेश जारी

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले कोशी प्रदेश आर्थिक अध्यादेश २०८० र कोशी प्रदेश विनियोजन अध्यादेश २०८० जारी गर्नुुभएको छ । संविधानको धारा २०२ को उपधारा ९१० बमोजिम कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख खापुङ्गले आज आइतबार दुवै अध्यादेश जारी गर्नुभएको हो ।

अध्यादेश जारी भएसँगै १३ दिनदेखि बजेट होलिडे व्यहोरिरहेको कोशी प्रदेशले त्यसबाट उन्मुक्ति पाएको हो । अघिल्लो बजेट अध्यादेशको प्रतिस्थापन विधेयक नआउँदा भदौ ११ गतेदेखि कोशी प्रदेश बबजेट होलिडे को अवस्थामा पुगेको थियो । अध्यादेश जारी भएसँगै प्रदेश अन्तर्गत नियमित कर तथा राजश्व संकलन र प्रदेशको खाताबाट हुने खर्च नियमित भएको छ । 

शुक्रबारको बसेको मन्त्रिपरिषद् बैठकको प्रदेश बजेट सूचना प्रणालीमा बजेटसम्बन्धी तथ्यांक परिमार्जन तथा सम्पादन गरी आर्थिक एवं विनियोजन अध्यादेश जारी गर्ने निर्णय गरेको थियो । 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update