मर्नु न बाँच्नुको पीडा भइरहेको छ : झरना थापा

आफूहरूले निर्माण गरेको ‘एक भगवत् गीता’लाई सेन्सर अनुमति नदिइएपछि निर्देशक झरना थापा ठूलो तनावमा परेकी छन्।
यसैको चिन्ताले गएराति निदाउन नसकेको उनले उल्लेख गरेकी छन् ।
‘मान्छेलाई अत्यन्तै पीडाबोध र निराशा भयो भने निद्रा नलाग्दो रहेछ, जुन आज म महसुस गरिरहेको छु’, मध्यरातमा फेसबुकमा स्टाटस लेख्दै उनले भनेकी छन्, ‘आफ्ना सारा स्रोत सम्पत्ति, सपना र अहिलेसम्मको चलचित्र कर्मको लगानी गरेर बनाइएको चलचित्र यसरी चल्नै नदिने अवस्था आउँदा मर्नु न बाँच्नुको पीडा भइरहेको छ ।’
अभिनेत्री तथा निर्देशक झापाले उल्लेख गरेकी छिन् ।
हेरौं र पढौं उनको स्टाटस
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८० ०८:०५
प्रतिक्रिया दिनुहोस्