Public Pana
भक्तपुरमा तीनवटा सवारी साधन ठोक्किँदा १को मृत्यु, २ घाइते

भक्तपुरमा तीनवटा सवारी आपसमा ठोक्किँदा २५ वर्षीया एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा उनका पति घाइते भएका छन् ।
 

गएराति सूर्यविनायक नगरपालिका ८ मा तीनवटा सवारी साधन आपसमा ठोक्किएर दुर्घटना हुँदा काभ्रेको बनेपा नगरपालिका २ की २५ वर्षीया नविना काफ्लेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
 

दुर्घटनामा उनका उनका पति ३० वर्षीय किरण घिमिरे घाइते भएका छन् ।  उनको मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको छ । 
 

जगातीबाट सूर्यविनायक जाँदै गरेको बागमती प्रदेश ०२–०२३ प २८५९ नम्बरको मोटरसाइकल र विपरीतबाट आउँदै गरेको प्रदेश ३ –०२–००२ प ६९३नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।
 

लगत्तै त्यहाँ प्रदेश ३ –०२–००२ प ६९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सूर्यविनायकबाट जगातीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४११ नम्बरको टेलर गाडीमा ठोक्किएको थियो।  
 

मोटरसाइकलबाट उछिट्टिएकी महिलालाई टेलर गाडीले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
 

दुर्घटनामा बागमती प्रदेश ०२–०२३ प २८५९ नम्बरको मोटरसाइकल चालक ओखलढुंगाको सुनकोशी गाँउपालिका–४ घर भई भक्तपुर नलिन्चोक बस्ने ३२ वर्षीय हिरा बडाल घाइते भएका छन् । 
 

प्रहरीले टेलर गाडीका चालक वीरगन्ज महानगरपालिका९२ का २५ वर्षीय हासिब हुसेन अन्सारीलाई पक्राउ गरेको छ । 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  ०६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update