Public Pana
आज पनि अधिकांश स्थानमा भारी वर्षा 

हाल  मनसुनको  न्यून  चापीय  रेखा सरदर  स्थानको  दक्षिणतिर  अवस्थित  छ। 
साथै  नेपालमा  हाल  भारतको  मध्य  प्रदेश  र  आसपासको  क्षेत्रमा  रहेको  न्यून  चापीय  प्रणालीको  समेत  आंशिक  प्रभाव  रहेको  छ ।

हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली भई केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ र बांकी प्रदेशहरुमा आंशिक देखी सामान्यतया बदली भई एक–दुई स्थानहरुमा हल्का वर्षा भईरहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

आज आइतबार दिउँसो सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली र बांकी प्रदेशहरुमा  आंशिक  देखि  सामान्य  बदली  रहनेछ ।

बागमती,  गण्डकी,  कर्णाली  र  सुदूरपश्चिम  प्रदेशका  केही  स्थानहरू  तथा  बाँकी  प्रदेशका  थोरै  स्थानहरुमा  मेघ  गर्जन-चट्याङ्ग  सहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ । सुदूरपश्चिम प्रदेशको  एक–दुई–स्थानमा  भारी  वर्षाको  समेत  सम्भावना  रहेको  महाशाखाले जनाएको छ ।

राति देशभर  आंशिक  देखि  सामान्य  बदली    रहनेछ ।

वर्षाका कारण  नदीको  जल  सतह  हल्का  बढ्न  सक्ने,  गेग्रान  बहाव,  बाढी,  पहिरो,  भू–क्षय  जस्ता  प्रकोप  हुन  सक्ने  भएकोले  जन  स्वास्थ्य,  कृषि,  दैनिक  जनजीवन,  सडक  तथा  हवाई  यातायातमा  हुन  सक्ने  असुविधा,  जोखिम  रहने हुंदा सो बाट हुन सक्ने क्षतिबाट  बच्न  आवश्यक  सतर्कता  अपनाउन  महाशाखाको अपिल छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  ०६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update