Public Pana
सारुकको निधनबारे छानबिनको माग गर्दै काठमाडौंमा मौन र्याली

अभिनेता सारुक ताम्राकारको निधनबारे निष्पक्ष छानबिनको माग गर्दै उनका समर्थकहरुले आज शनिवार काठमाडौंमा शान्तिपूर्ण र्याली निकालेका छन् ।
 

सारुकको निधन भएको दुई महिना भईसक्दा समेत सत्य–तथ्य बाहिर नआएको भन्दै उनीहरुले ज्ञानेश्वर चोकदेखि मालीगाउँसम्म मौन र्यालीको आयोजना गरेका हुन् ।
 

उक्त र्यालीमा कलाकार जयकिशन बस्नेतले नेपाल प्रहरीले सारुकको मृत्यु प्रकरणको सत्य छिटोभन्दा छिटो बाहिर ल्याउनु पर्ने बताएका छन् । 
 

 

उनले सबैको पहिलो माग भनेको सारुक ताम्राकारको मृत्यु किन र के कारणले भयो त्यसको सत्य सबैमाझ आउनु पर्ने रहेको बताए ।
 

उनले भने– ‘सारुक ताम्राकारको मृत्यु भएको दुई महिना भईसकेको छ । तर उहाँको मृत्यु किन र कसरी भयो भन्ने कुराको अनुसन्धान भएको छैन । हामी सबैको पहिलो माग भनेको सारुक ताम्राकार किन, के कारणले भयो त्यसको सत्य कुरा सबै माँझ आउँनु पर्यो । नेपाल प्रहरीलाई हामी सम्मान गर्छां, तर यो केशमा अझै पनि केही हुन सकेको छैन् यस प्रकरणको सत्य छिटोभन्दा छिटो बाहिर आउनु पर्यो ।’
 

प्रदर्शनमा सहभागी रवी गुरुङले प्रहरीले आफ्नो काम गर्ने विश्वास लिएको भन्दै ढिलै भएपनि सत्य बाहिर आउने अपेक्षा सुनाए । उनले भने– ‘प्रहरीले आफ्नो काम गर्नु भएको छ भन्ने विश्वास छ, सत्य बाहिर आउँछ ढिलो चाडो मात्रै हो । यसको लागि सम्बन्धित सरोकारवालहरुसँग छलफल गर्नेछाँ ।’
 

सारुकको मृत्यु प्रकरणको छानबिन् होस्, त्यसै ढाकछोप नपारियोस्, आमाले छोराको न्याय मागिरहेकी छिन् भन्ने नाराका साथ ताम्राकारको मृत्युबारे निष्पक्ष छानबिन गर्न उनका परिवार र समर्थकले सरकार आग्रह गर्दै आएका छन् ।

Saruk-Tamrakar-31694273556.jpg

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  २१:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update