Public Pana

गोवंशको संरक्षण गर्नुपर्ने भन्दै वैदिक सनातन धार्मिक महासंघ लगाएतले काठमाडौंमा प्रदर्शन गरेको छ । 
 

धर्म निरपेक्षता खारेज गर्दै वैदिक सनातन धर्म कायमका साथै गोवंशाको संरक्षण गर्नुपर्ने भन्दै उनीहरुले आज शनिबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।
 

प्रदर्शनमा सहभागीहरुले गोहत्यामुक्त हिन्दुराष्ट्र नेपाल हाम्रो अभियान, हाम्रो धर्म संस्कृति प्राणभन्दा प्यारो छ, गौ हत्यारालाई कारबाही गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

साथै उनीहरुले धर्म विरोधी व्यवस्था नचाहिने भन्दै नारावाजी गरेका थिए । 
 

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  २१:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update