Public Pana

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेहरु अहिलेपनि सक्रिय रहेको बताएका छन् ।

अखिल नेपाल महिला संघ मध्यपुर थिमि नगर कमिटिले आज शनिबार भक्तपुरमा आयोजना गरेको तीज शुभकामना कार्यक्रममा ओलीले चाडबाड, एकता र सबै जातका मान्छेहरु एकै ठाउँ बसेको मन नपराउनेहरुले साम्प्रदायिक सद्भाव भड्काउन खोजिरहेको उल्लेख गरे ।

उनले सामाजिक सुप्रवन्ध र व्यवस्थालाई राम्रो बनाउन चाडपर्वहरुको बिशेष महत्व रहेको बताए । ओलीले मुलुकको अवस्थामा परिवर्तन ल्याएपनि पूर्ण सन्तोषजनक हुने अवस्था नरहेको धारणा राख्नुभयो ।

उनले ४८ सालमा तीज कार्यक्रममा अर्घखाँचीमा कांग्रेसका कार्यकर्ताले महिलाहरुमाथि कुटपिट गरेको र त्यसको समस्या समाधन गर्न आफु जानुपरेको स्मरण गर्दै अहिले पनि त्यस्तो घटना दोहरीने खतरा कायमै रहेको बताए ।

ओलीले आयातित बस्तुलाई निरुत्साहित गर्दै स्वदेशी वस्तुको उपयोगमा जोड दिनुपर्ने धारणा राखे ।

मुलुकका उत्सव चाडपर्वहरुले आफ्ना खुट्टामा आफै उभिने प्रेरणा दिनुपर्ने उनको भनाइ छ । 
 

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  २०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update