Public Pana
एप्पलले शेयर बजारमा गुमायो २०० अर्ब डलर

एप्पलको शेयरमा लगातार दोस्रो दिन गिरावट आएको छ ।

चिनियाँ सरकारी कर्मचारीलाई आईफोन प्रयोगमा प्रतिबन्ध लगाएको रिपोर्ट आएपछि दुई दिनमा कम्पनीको शेयर बजार मूल्य ६ प्रतिशत अर्थात् करिब २०० अर्ब अमेरिकी डलरले घटेको बीबीसीले जनाएको छ ।

गत वर्षको कुल राजस्वको १८ प्रतिशत हिस्सा ओगटेको चीन टेक विशालको तेस्रो ठूलो बजार हो ।

यसका साथै चीनमा एप्पलका अधिकांश उत्पादनहरू यसको सबैभन्दा ठूलो आपूर्तिकर्ता, फक्सकनद्वारा निर्मित हुन्छन् ।
 

बेइजिङले केन्द्रीय सरकारी निकायका अधिकारीहरूलाई कार्यालयमा आईफोनहरू ल्याउन वा कामको लागि प्रयोग नगर्न आदेश दिएको थियो ।

जसका कारण शेयर बजारमा एप्पलको शेयर बजारमा असर परेको हो । 
आईफोन १५ को लन्च हुनु अघि आएका छन्, जुन सेप्टेम्बर १२ मा हुने अपेक्षा गरिएको छ ।
यद्यपी चिनियाँ सरकारबाट कुनै आधिकारिक बयान आएको छैन ।

एप्पलको शेयर बजार मूल्य विश्वमा सबैभन्दा बढी २.८ ट्रिलियन डलर रहेको छ ।
यसैबीचमा एप्पलका आपूर्तिकर्ताको शेयर पनि घटेको छ । 

 

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update