Public Pana
साहसिक तथा मनोरञ्जनात्मक पर्यटन व्यवसाय सञ्चालनमा सहजकता हुने

साहसिक तथा मनोरञ्जनात्मक पर्यटन व्यवसाय सञ्चालन इजाजत तथा नवीकरणमा व्यवसायीहरुले चासो नदिएपछि सरकारले सञ्चालन इजाजत तथा नवीकरणमा केही सहजता गरिदिने भएको छ ।
 

साहसिक तथा मनोरञ्जनात्मक पर्यटन व्यवसाय सञ्चालन इजाजत तथा नवीकरणमा सहजता गर्नकै लागि पर्यटन विभागले पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका २०७० लाई संशोधन गरेको छ।

यस्तो किसिमको व्यवसाय पछिल्लो समय दर्ता नगरी सञ्चालन हुन थालेपछि विभागले विकृति रोक्दै कानूनी दायरमा ल्याउन निर्देशिका नै संशोधन गरी सहज गरिदिएको हो ।
 

साहसिक तथा मनोरञ्जनात्मक पर्यटन व्यवसायमा विशेषत पछिल्लो समय जिपलाइन व्यवसायमा विकृति देखिएको छ।

बिना अध्ययन तथा इजाजत बिना नै जिपलाइन सञ्चालन हुन थालेपछि विभागले दर्तामा आउन बारम्बार सर्कुलर जारी गरेको थियो ।
 

सर्कुलर जारी भएपछि पनि दर्ताको दायरामा नआएकाहरुलाई कानूनी दायरामा ल्याउन विभागले प्रहरीको सहयोग मागेको थियो। अन्ततः विभागले निर्देशिका नै संशोधन गरेर सञ्चालन इजाजत तथा नवीकरणमा सहजता गरिदिएको हो ।
 

विभागले निर्देशिकाको दफा ९४ को उपदफा १ मा रहेको दश लाख रूपैयाँ बराबरको पाँच वर्षको अविधिको बैंक ग्यारेन्टी आवश्यक पर्ने व्यवस्थालाई संशोधन गरेको छ।

संशोधित निर्देशिकामा अब २ करोडसम्मको लगानी भएमा १ लाख रूपैयाँ बराबरको पाँच वर्ष अविधको बैंक जमानत, २ करोडदेखि पाँच करोड रूपैयाँसम्मको लगानी भएमा पाँच लाख रूपैयाँ बराबरको पाँच वर्ष अवधिको बैंक जमानत र पाँच करोडभन्दा बढीको लगानी भएमा दश लाख रूपैयाँ बराबरको पाँच वर्ष अवधिको बैंक जमानत राख्नुपर्ने उल्लेख छ । 


शुल्क नियम

tourism1694265928.jpg
 

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update