Public Pana

सञ्चालनमा आएको आठ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु भएको छ । 

आज शनिबार ड्रुक एयरको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटानको थिम्पुका लागि उडेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जनाएका छन् । 

उनले आफ्नो फेसबुक मार्फत भुटानको पारो विमानस्थलबाट चालक दलका तीन सदस्यसहित शनिबार पोखरा ओर्लिएको जहाज ४२ युरोपेली पर्यटक बोकेर थिम्पु पुगेको जानकारी दिएका छन् । 

यसअघि गएको असार ६ गते चीनको सिचुवान एयरलाइन्सको एयरबस–३१९ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । 

त्यतिबेला चीनबाट चार्टर्ड गरेर आएको सो विमान यताबाट भने यात्रु नलिइ रित्तै फर्किएको थियो । 
 

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update