Public Pana
घरघरमा जान थालेको माओवादी पार्टीले के वामदेवले भनेझै माफ माग्ला ?

विशेष रुपान्तरण अभियानका साथ गत भदौ १६ गतेदेखि सुरु गरेको घरघरको अभियान आगामी तीन महिनासम्म चलाउने छ ।
 

१३ बुँदे प्रश्नसहितको सुझावपत्रको खाका बनाएर अभियान थाल्दा आगामी चुनाव २०८४ मा सबैभन्दा ठूलो पार्टी बन्ने सपना देखेको छ ।
 

जसमा घरमुलीको परिचय, परिवार संख्या र व्यक्तिगत एवं पारिवारिक रूपमा भोग्न परिरहेका समस्याहरू बुँदागत रुपमा सोधिएको छ ।

यस्तै स्थानीय सरकारका कामकार्बाहीबाट तपाई कत्तिको सन्तुष्ट हुनुहुन्छ ?, माओवादीको स्थानीय÷जिल्ला तहको पार्टी कमिटी र नेताहरूको भूमिका कस्तो लाग्छ, पार्टी चलायमान, गतिशील र जनताका समस्या सम्बोधन गर्ने खालको बनाउन के–के गर्नुपर्ला ? भन्ने लगायतका प्रश्नले के सबैको मत पाउन सक्ला माओवादीले ?
 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेका राम्रो कामका विवरण र सन्तुष्टि असन्तुष्टिका विषय पनि प्रश्नमा समावेश गरिएको छ ।  संघीय सरकारका कामलाई थप प्रभावकारी बनाउन गर्नुपर्ने काम र माओवादी पुनर्निर्माणका लागि के गर्नुपर्छ भनेर बुँदागत रुपमा सुझाव पनि माग छ । 
 

जनताको सुझावका रुपमा भरिएका फारामहरू स्थानीय तहको कमिटीले डिजिटल (गुगल फाराम) को माध्यमबाट रेकर्डमा राख्नुपर्ने माओवादीले जनाएको छ । 
 

यहि भदौं २० गते राजनीतिक नेता वामदेव गौतमले माओवादीले जनयुद्ध कालमा राम्रा काम पनि भएका र नराम्रा काम पनि भएको प्रचण्डले जनयुद्धका पीडितका घरघरमा पुगेर माफी माग्न नगएसम्म आफू माओवादीको पार्टी सदस्यता लिन नसक्ने स्पष्ट पारेका थिए ।

यसरी सुझाब आइरहेका बेला घरघरमा जान थालेको माओवादी पार्टीले के वामदेव भनेझै माफ माग्ला ? भन्ने प्रश्न खडा भएको छ । सबैको चाहना पूरा गर्न र मनमा पर्न माफिको विकल्प नभएको राजनीति जानकार हरि शर्माको भनाई छ । 

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update