Public Pana
अपडेट : बाकेमा दुर्घटना, ७ जनाको मृत्यु

बाँकेको शमशेरगन्जस्थित जंगलमा रोकिराखेको ट्रकसँग बस ठोक्किँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । दुर्घटनामा ३४ जना सख्त घाइते भएका छन् । 

बिग्रिएर मर्मतका लागि रोकिराखेको ना ८ ख ६४०५ ट्रकलाई हिजो शुक्रबार राति ना ७ ख २३२१ नम्बरको बसले ठक्कर दिन पुग्दा बस सवार ७ जनाको मृत्यु भएको कोहलपुरका डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा काशीराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारु र सहचालकको मृत्यु भएको हो । सहचालक सहित अन्यको परिचय खुलेको छैन ।

ठाकुरद्वारा बर्दियाको बेतनी सामुदायिक वन उपभोक्ता समितिका उपभोक्ता बस रिसर्ज गरेर दाङको थारु संग्रहालय भ्रमण गरी फर्किने क्रममा राप्ति सोनारी गाउँपालिका–८ को जंगल क्षेत्रमा राति करिब १० बजेतिर बस दुर्घटना भएको हो ।

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  ०७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update