Public Pana
फाइभजी मोबाइल ग्राहक संख्या १.३ अर्ब 

सन् २०२३ को दोस्रो त्रैमासिकमा ग्लोबल फाइभजी सदस्यताहरू १७५ मिलियनले बढेको छ ।

जसमा भारत एक्लैले यस अवधिमा ७ मिलियन भन्दा बढी नयाँ प्रयोगकर्ताहरूसहित समग्र मोबाइल सदस्यताहरूमा उच्चतम वृद्धि देख्यो ।
 

एरिक्सन मोबिलिटी रिपोर्टअनुसार दोस्रो त्रैमासिकमा थपिएर ५जी सदस्यताको विश्वव्यापी संख्या १.३ अर्ब नजिक पुगेको आईएएनएसले रिपोर्ट गरेको छ ।
 

दोस्रो त्रैमासिकमा मोबाइल सदस्यताको संख्या कूल ८.३ अर्ब पुगेको छ, जुन त्रैमासिक अवधिमा ४ करोड सदस्यताको शुद्ध वृद्धि भएको छ ।
 

युनिक मोबाइल ग्राहकको संख्या ६ अर्ब १ करोड रहेको छ ।
 

त्रैमासिक अवधिमा सबैभन्दा बढी शुद्ध वृद्धि थप ७ मिलियन भारतमा भयो । भारतपछि चीन ५० लाख र अमेरिकामा ३० लाख मोबाइल ग्राहक छन् ।
 

मोबाइल ब्रोडब्यान्ड सदस्यताको संख्या झण्डै १० करोडले बढेर ७.४ बिलियन पुगेको छ । 
मोबाइल डाटा ट्राफिक २०२२ को दोस्रो त्रैमास र २०२३ को दोस्रो त्रैमासबीच ३३ प्रतिशतले बढ्यो। फोरजी सदस्यताहरू ११ मिलियनले बढेर, कुल लगभग ५.२ अर्ब भएको छ जुन सबै मोबाइल सदस्यताहरूको ६२ प्रतिशत हो ।

 

मोबाइल ब्रोडब्यान्ड सदस्यताको संख्या झण्डै १० करोडले बढेर कुल ७.४ बिलियन पुगेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  २०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update