Public Pana

राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले लैंगिक समानता तथा सामाजिक न्याय सम्बन्धमा अन्तर पार्टी महिला सञ्जालसँग छलफल गरेको छ । 
 

सिंहदरबारमा आज शुक्रबार बसेको बैठकले सोह्रौँ योजनामा लैङ्गिक समानता र सामाजिक न्यायसम्बन्धी विशेष व्यवस्थाका लागि सुझाव लिन अन्तर पार्टी महिला सञ्जालसँग छलफल गरेको हो । सभापति प्रकाश पन्थले सञ्जालले लिएका सुझाव समितिमार्फत सुझावका रूपमा राष्ट्रिय योजना आयोगमा पठाइने बताए ।
 

बैठकमा लैङ्गिक समानता र सामाजिक न्यायसम्बन्धी उपसमितिका संयोजक कमला पन्तले लैंगिक समानता तथा सामाजिक न्याय सम्बन्धमा लगानी कम भएको र राज्यको चासो पनि कमजोर भएकाले त्यस्तो अवस्थालाई अन्त्य गर्न चूनौति रहेको उल्लेख गरे ।
 

छलफलका क्रममा महिला सञ्जालका अध्यक्ष पुष्पा ठाकुर लगाएतले सञ्जालको प्रदेश र जिल्ला तहलाई पनि परिचालन गरी १६औँ योजनाका लागि सुझाव सङ्कलन गरिनेमा जोड दिएका थिए । 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update