Public Pana
कृषि विकास बैंकको नयाँ भर्सन ADBL Smart + मोवाईल बैंकिङ सुरुवात 

बिद्युतीय भुक्तानीको कारोवारलाई जोड दिदै आएको कृषि विकास बैंकले नयाँ भर्सनको एडिविएल स्मार्ट प्लस मोवाईल बैंकिङको सुरुवात गरेको छ । 

Digitally ADBL भन्ने नाराका साथ विद्युतिय माध्यमबाट हुने कारोवारलाई प्राथमिकता साथ संचालन तथा परिमार्जन गर्ने उद्देश्यसहित बैंकले ग्राहक केन्द्रित विभिन्न सुविधासहित शुक्रवार आफ्नो मोबाइल बैंकिङ प्रणालीलाई थप परिस्कृत गरेको हो । 

झण्डै ५ लाख मोवाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुको कारोवारलाई थप सुरक्षित, सरल र सहज बनाउने उद्देश्यले आकर्षक इन्टरफेससहित मोवाइल बैंकिङको नयाँ भर्सन जारी गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले जानकारी दिनुभयो  । 

प्रमुख कार्यकारी अधिकृत गुरुङका अनुसार नयाँ भर्सनको एडिविएल स्मार्ट प्लस मोवाइल बैंकिङमा बैंकले उपलब्ध गराएको डेविट कार्ड हराएमा वा चोरी भएमा प्रयोगकर्ताले मोवाइलबाटै कार्ड Block का लागि अनुरोध सकिने सुविधा थप गरिएको छ । 

कृषि विकास बैंकले शुक्रवारदेखी संचालनमा ल्याएको नयाँ भर्सनको मोवाइल बैंकिङ एडिविएल स्मार्ट प्लसमा यी  थप सेवा सुविधाहरु रहेको बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । 

मोवाईल बैंकिङको युजर पासवर्ड प्रयोग गरी Web बाट Login गर्न सकिने र यसरी Login गर्दा इन्टरनेट बैंकिङ सेवा सरहको भुक्तानी सिमा कायम हुने ।

 बैंकले उपलब्ध गराएका डेविट कार्ड, मुद्धती खाता, व्यक्तिगत कर्जा लगायतका सेवाहरुको व्याजदर, कारोवार रकम तथा Maturity Date हेर्न सकिने ।

 बैंकले उपलब्ध गराएको डेविट कार्ड हराएमा वा चोरी भएमा मोवाईल बैंकिङबाट कार्ड Block गर्न सकिने ।

 डेविट कार्डको नयाँ पिनका लागि पुनः अनुरोध गर्न सकिने ।

 चेक वुक तथा बैंक विवरण अनुरोध गर्न सकिने ।

 Two way authentication गरी कारोवारलाई सुरक्षा गर्न सकिने ।

 खातावालाको प्रोफाइल, खाताको विवरण, कारोवारको विवरण लगायत अन्य Quick Payments सम्वन्धी Features हरु थप गरिएको ।

 Online Account, Interest Rate, Branch Network लगायत बैंकका विभिन्न सेवाहरुको जानकारी लिन सकिने  ग्राहक सेवामा देखिएका समस्याहरु तथा जानकारीहरुलाई समेत सम्प्रेषण गर्न सकिने गरी Customer Service सम्वन्धी व्यवस्था गरिएको छ  । 

 

mobile banking1694170961.jpg

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update