Public Pana
राष्ट्रिय सभा बैठक अनिश्चित कालका लागि स्थगित

आइवारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

यसअघि भदौ २४ गते बिहान ११ बजेका लागि बैठक बस्ने तय भएपनि  अर्को सूचना जारी नभए सम्मका लागि स्थगित भएको जानकारी संसद सचिवालयले दिएको छ । 

अर्को बैठकको मिति र समय राष्ट्रिय सभाको अध्यक्ष गणेश प्रसाद तिमिल्सनाले पछि निर्धारण गर्ने गरी अनिश्चितकालका लागि स्थगित भएको सचिवालयले जनाएको छ ।

संसद सचिवालयका महासचिव भरतराज गौतमले विज्ञप्ती जारी गरि  राष्ट्रिय सभाको अध्यक्षले अर्को सूचनाद्धारा तोक्ने मिति र समयमा बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिनुभएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update