Public Pana
जी–२० शिखर सम्मेलनमा भारतका प्रधानमन्त्रीले १५ देशका नेताहरुसँगै  छुट्टा छुट्टै भेट गर्ने

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जी–२० शिखर सम्मेलनमा विश्वका नेताहरूसँग १५ द्विपक्षीय बैठक गर्ने भएका छन् ।

सेप्टेम्बर ९ देखि संघीय राजधानी नयाँदिल्लीमा हुने सम्मेलनमा मोदीले विश्वका नेताहरूसँग द्विपक्षीय बैठक गर्ने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

समाचार एजेन्सी पीटीआईका अनुसार मोदीले आज शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेन तथा बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग आफ्नो निवासमा बैठक गर्नेछन् । 

सम्मेलनका क्रममा उनले बेलायत, जापान, जर्मनीका नेतासँग पनि द्विपक्षीय बैठक गर्ने समाचारमा उल्लेख छ । उनले पर्सी आइतबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग लन्च बैठक गर्नेछन् । 

मोदीले कोमोरोस, टर्की, यूएई, दक्षिण कोरिया, ब्राजिल तथा नाइजेरियाका नेतासँग पनि द्विपक्षीय वार्ता गर्ने छन् ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update