Public Pana


कुनै समय यस्तो थियो, जुन बेला दक्ष जनशक्तिको अभाव र पर्याप्त स्रोत साधानको अभावमा स्त्री रोगमा कुनैपनि शल्यक्रिया गर्नुपरे पेट चिर्ने गरिन्थ्यो । चाहे सानो अप्रेशन होस वा पाठेघर झिक्ने अप्रेशन नै किन नहोस । तर समय बदलिएको छ,नेपालमा पछिल्लो समय प्राय सवै प्रकारका शल्यक्रिया दुरबिन पद्दतीबाट गर्न थालिएको छ । बिशेषगरी बाँझोपन भएका महिलाहरुमा ल्याप्रोस्कोपिक सर्जरी बरदान सावित भएको छ । स्त्री रोगमा बच्चा जन्माउने अप्रेशन बोहक सवै प्रकारका शल्यक्रिया अव दुरविन पद्दतीबाट हुने गरेका छन् । कतिपय अस्पतालले यस्तो सेवा शुरु गर्न नसकेपनि नाम चलेका र दक्ष चिकित्सक भएका अस्पतालहरुले यो सेवा शुरु गरेको बर्षौ भइसकेको छ । बरिष्ठ स्त्री रोग  तथा टेष्ट ट्युब बेवी बिशेषज्ञ एवं ल्याप्रस्कोपिक सर्जन डा. नुतन शर्मा, दुरबिन पद्दती यति बेला बिरामीका लागि बरदान सावित भएको बताउछिन। शल्यक्रियामा यो प्रविधी बिरामीका लागि सवैभन्दा आरामदायी र सुविधानयुक्त मानिने गरिएको शर्माको भनाई छ । नर्भिक इनटरनेशन हस्पिटतलमा कार्यरत डा. नुतन शर्माासँग गरिएको कुराकानीको महत्वपुर्ण अंश 

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update