Public Pana
जलवायु परिवर्तनले किसान परिवारलाई मर्कामा : ४४ प्रतिशत किसानको उत्पादन घट्यो

जलवायु परिवर्तनले किसान परिवारलाई मर्कामा पारेको नयाँ अध्ययनले देखाएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयको कृषि गणना २०७८ ले जलवायु परिवर्तनका कारण कृषि उत्पादन घटिरहेको देखाएको हो ।

कृषि गणनामा जलवायु परिवर्तनका विषयमा किसानसँग सोधिएको प्रश्नमा ४४ प्रतिशत अर्थात् १८ लाख सात हजार किसानले आफूलाई जलवायु परिवर्तनबारे थाहा भएको बताएका थिए ।

जलवायु परिवर्तनबारे थाहा भएको बताउनेमध्ये ९१ प्रतिशतले जलवायु परिवर्तनका कारण आफ्नो कृषिकर्ममा प्रभाव परेको जवाफ दिएका थिए ।

गणनाको प्रतिवेदनका अनुसार जलवायु परिवर्तनले कृषिकर्ममा प्रभाव पारेको बताउनेमध्ये ८५ प्रतिशत किसान परिवार अर्थात् १३ लाख ८७ हजारले जलवायु परिवर्तनका कारण उत्पादन घटेको जवाफ दिएका थिए ।

विश्वव्यापी तापमान वृद्धिका कारण सिर्जित जलवायु परिवर्तनले नेपालमा वेलाबखत विपद् तथा प्रकोप निम्त्याउँदै आएको छ।

खडेरी, अतिवृष्टि जस्ता घटनाक्रम बढ्नुलाई विज्ञहरूले जलवायु परिवर्तनका कारण सिर्जित समस्याका रूपमा अर्थ्याउने गरेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update