Public Pana

प्रधानमन्त्री पुष्पमकल दाहाल प्रचण्डले सरकारको काममा कर्मचारी प्रशासनको साथ र सहयोग आवश्यक रहेको बताएका छन् ।

२० औँ निजामती सेवा दिवसका अवसरमा आज शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मुलुकको राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै सुशासन र सामाजिक न्यायको पक्षमा सरकारको काम गरिहेको बताए । 

‘सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित सरकारले काम गरिरहेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारको यो लक्ष्य प्राप्तीको अभियानमा कार्मचारीको साथ र सहयोग महत्वपूर्ण छ ।’

संघीय निजामति सेवा विधेयक छिट्टै संसदबाट पारित हुने विश्वास पनि उनले व्यक्त गरे। सबै दलको सहमतिमा चाँडै संसदबाट विधेयक पारित हुने प्रचण्डले बताए ।

मुलुकको राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै सुशासन र सामाजिक न्यायको पक्षमा सरकारको काम गरिहेको भन्दै प्रचण्डले यसमा यसमा कर्मचारीको सम्पूर्ण साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए ।

सरकारले संविधानको मूल मर्म र भावनालाई आत्मसाथ गरेर काम गरिरहेको दाबी पनि उनले गरे। ‘सरकारको कामले जनताको निरासालाई चिर्दै गएको छ,’ उनले भने ।

निजामति सेवा ऐनलाई राजनीतिक परिवर्तनअनुसार परिमार्जन गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे। ‘हामी राजनीतिक रुपमा तटस्थ निजामति सेवाको विकास गर्ने पक्षमा छौँ,’ प्रचण्डले भने, ‘संसदमा प्रस्तुत विधेयकमा त्यस्तो व्यवस्था गरिएको छ ।’ 

उनले संसदमा पेश भएको संघीय निजामित सेवा विधेयकमा हाल कायम ट्रेड युनियन अधिकारको व्यवस्थामा कुनै पनि परिमार्जन नगरिएको बताए ।

उनले कर्मचारी प्रशासनलाई प्रभावकारी बनाउन भविष्यमा दण्ड र पुरस्कारको व्यवस्थालाई थप प्रभावकारी बनाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार एक जना, उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिँदै आएको भए पनि सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भेटाएन । यस वर्ष १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जना कर्मचारीलाई निजामती सेवा पाए ।

nija1694149734.jpg

nijamati-11694149714.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update