Public Pana
बागमती प्रदेशका ३ जिल्लामा चेपाङको चाडका लागि आज सार्वजनिक बिदा

बागमती प्रदेशको ३ जिल्लामा शुक्रबार आज)सार्वजनिक बिदा दिइएको छ ।
 

चेपाङ समुदायको राष्ट्रिय पर्व न्वागी (छोनाम) का अवसरमा प्रदेश सरकारले शुक्रबार मकवानपुर, चितवन र धादिङमा सार्वजनिक बिदा दिएको हो ।
 

सीमान्तकृत चेपाङ समुदायको बाहुल्य रहेको उल्लिखित ३ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भदौ १८ गते बसेको बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो ।  
 

बसोबासका आधारमा मकवानपुर, चितवन र धादिङमा चेपाङ समुदायको बाहुल्य रहेको जिल्ला भएकाले बिदा दिइएको बागमती प्रदेश सरकारले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update