Public Pana
हेलो सरकारमा आएको गुनासोमा प्रधानमन्त्रीले दिए छिट्टै काम निर्देशन - ५ दिनमै काम सम्पन्न

गत आइतबार दिउँसो सिंहदरबारमा हेलो सरकार २४ सै घण्टा (३ सिफ्ट) सञ्चालन गर्ने कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले दोलखा जिल्लाको बिगु गाउँपालिका–४ सिंगटीमा मानव बस्तीभन्दा माथि रहेको ठूलो ढुंगोका कारण ३२ घरधुरी जोखिममा परेको जनगुनासो सुनेका थिए ।

सुनेलगत्तै प्रधानमन्त्री दाहालले गुनासो सम्बोधनका लागि रक्षासचिव किरणराज शर्मालाई निर्देशन दिएका थिए ।
 

प्रधानमन्त्रीको निर्देशनपछि आइतबार बेलुका नै नेपाली सेनाको टोली सिंगटीमा पुगेर गत सोमबार बिहानैदेखि कार्यप्रारम्भ गरेको रक्षासचिवले जानकारी दिएका छन् ।

प्रधानमन्त्रीको निर्देशनलगत्तै नेपाली सेनाको टोली सम्बन्धित स्थानमा पुगेर काम सुरू गरिसकेको छ, ढुंगो निकै ठूलो छ, एकैपटक बिस्फोट गर्दा ढुंगाले बस्तीमा असर पर्न सक्छ। यसैले बस्तीलाई असर नपर्नेगरि ढुंगो हटाउने कार्य छ ।’ रक्षा मन्त्रालयले जनाएको छ ।

सेनाको तारा दल गणले बिगु गाउँपालिका–४ खोलिखिममा ढुंगा फोडेर काम सम्पन्न गरी हिजो शुक्रबार राती फिर्ता भएको रक्षा सचिव शर्माले जनाएका छन् ।

dol1694135182.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  ०६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update