Public Pana
मुलुकको अर्थतन्त्र सुधारको बाटोमा अघि बढेको अर्थमन्त्रीको दाबी

अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सुधारको बाटोमा अघि बढेको बताएका छन् ।
 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा अर्थ मन्त्रालयसम्बन्धी प्रश्नोतरमा मन्त्री महतले कोरोना र बाह्य परिवेशको अवस्थापछि अहिले मुलुकको अर्थतन्त्र सुधारको बाटोमा अघि बढेको दाबी गरे ।
 

उनले लगानीलाई सहज गर्न मौद्रीक निति मार्फत सरकारले सम्पूर्ण प्रयास लगाउने र सकारात्मक सोचको प्रारम्भ गर्न जरुरी रहेको उल्लेख गरे ।
 

अहिले गत बर्षको तुलनामा राजस्वमा सुधार देखिएको दावी गरे उनले । 
 

अर्थमन्त्री महतले सेयर कारोबारलाई पारदर्शी बनाउन तथा नीतिगत र प्रणालीगत सुधार गर्न सरकार गम्भीर रहेको बताए ।

उनले कर्मचारी, शिक्षक र प्राध्यापक वर्गलाई जिम्मेवारी र उत्तरदायी बनाउने क्षेत्रगत कानून रहेको र सोहीअनुसार  युनियन गठन भएको पनि बताए । 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  २०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update