Public Pana
कोशी प्रदेशका मुख्यमन्त्री थापा फेरि पदमुक्त एमालेका कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश

सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्राप्त गरेको विश्वासको मत रद्द गरिदिएकाे छ । थापाले प्राप्त गरेको विश्वासको मत रद्द भएसँगै मुख्यमन्त्री थापा पदमुक्त भएका छन् ।

बिहीबार सर्वोच्चका न्यायाधीशहरू सपना प्रधान मल्ल, डा.कुमार चुडाल र डा.नहकुल सुवेदी रहेको पूर्ण इजलासमा तीन दिन बहस भएपश्चात फैसला आएको हो ।

सर्वोच्चले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका थापालाई t गर्दै उपधारा (३) बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेता नेकपा एमालेका हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न समेत परमादेश जारी गरेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update