Public Pana
शेयर बजारमा शुभम् पावरको सकारात्मक कारोबार

बजार परिसूचक कारोबार हुने साताको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले घट्दा शुभम् पावर लिमिटेडको शेयरमा उत्कृष्ठ वृद्धि भएको छ ।  

कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६३ रुपैयाँले बढेको हो ।

नेप्से सूचक भने २८.९२ अंकले घटेको छ । सूचक १९३२ मा ओर्लिएको छ । लगानीकर्ताको खस्किँदो मनोबलले गर्दा पछिल्लो समय नेप्से निरन्तर घटिरहेको  ।

चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक पछि लगानीकर्ता निराश छन् । 
 

भारतले १० वर्षमा नेपालको १० हजार मेगावाट बिजुली किन्नका लागि दीर्घकालीन सम्झौता स्वीकृत गर्दा समेत जलविद्युत क्षेत्रमा चमक देखिएको छैन ।

आज  सबैभन्दा धेरै घट्ने समूह हाइड्रोपावर हो । यो उपसमूह साढे २ प्रतिशतले घटेको छ ।

लकिङ पिरियड खुला भएको भनिएको लिबर्टी इनर्जी सबैभन्दा धेरै कारोबार हुने कम्पनी बनेको छ । शेयर मूल्यमा साढे ७ प्रतिशतको गिरावटले कारोबार ह्वात्तै बढेको हो ।

लिबर्टी इनर्जीको सेयर मूल्य प्रतिकित्ता १५२ रुपैयाँमा झरेको छ ।
आज १ अर्ब १५ करोड रुपैयाँकव सेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ । 

 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update