Public Pana
रिजालको अन्तिम संस्कार पूरा, काठमाडौं महानगरमा भोलि शोक बिदा

काठमाडौं महानगरपालिकाले भोलि शुक्रबार शोक बिदा दिएको छ ।
महानगरका प्रशासन विभागका प्रमुख दिपक अधिकारीका अनुसार वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले महानगरमा शोक बिदा दिइएको हो ।

काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा रिजालको आज बिहीबार बिहान साढे ७ बजे निधन भएको थियो । अस्पतालकाअनुसार रिजाललाई भाइरल निमोनियाको संक्रमण देखिएको थियो । 
 

भदौ १७ मा दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) भई सघन उपचार कक्षमा उनलाई भर्ना गरिएको थियो ।
 

रिजालको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका रिजाल २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्ष निर्वाचित भएका थिए । 

रिजालको जन्म १७ कात्तिक २०२७ सालमा भएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update