Public Pana
चिनियाँ राजदूतलाई तत्काल फिर्ता पठाउनुपर्छ : अब्दुल खान

जनमत पार्टीले चिनियाँ राजदूत छेन सोङलाई फिर्ता पठाउन माग गरेको छ ।


पार्टीका तर्फबाट उपाध्यक्ष अब्दुल खानले बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै यस्तो माग गरेका हुन् ।
नेपाल र भारतको सम्बन्धमा बोल्ने अधिकार चिनियाँ राजदूतलाई नभएको उनले बताए । उपाध्यक्ष खानले चिनियाँ राजदूतसँग स्पष्टीकरण समेत लिन भनेका छन् ।


‘नेपाल र भारतको सम्बन्धमा विषवमन गर्ने, वैमनश्यता लगाउने काम गर्न खोजिएको छ ।

यो घोर निन्दनीय छ’ उपाध्यक्ष खानले भने, ‘यदि नेपाल स्वतन्त्र राष्ट्र हो भने उक्त राजदूतलाई तुरुन्त परराष्ट्र मन्त्रालयले स्पष्टीकरण लिनुपर्छ र तत्काल नेपालबाट फिर्ता पठाउनुपर्छ भन्ने माग जोडदार रुपमा गर्दछु ।’
 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update