Public Pana
एमाले कर्णाली अधिवेशन अर्को महिनामा 

नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशनका लागि तयारी थालिएको छ । असोज १० र ११ गते राजधानी वीरेन्द्रनगरमा अधिवेशनको उद्घाटन हुने एमाले कर्णाली प्रदेशले जनाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले असोज १० गते अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

प्रदेश अधिवेशनको तयारीका लागि प्रदेश इन्चार्ज, प्रदेशका पदाधिकारी, कर्णाली प्रदेशका केन्द्रीय सदस्य र एमाले कर्णालीका नेता कार्यकर्ता तोकिएको जिम्मेवारीअनुसार काममा जुटेका छन् ।

पार्टीका  इन्चार्ज लेखराज भट्टसहित आज बसेको बैठकले भदौ ३० गतेसम्म प्रतिनिधि छनोटको काम सम्पन्न गरिसक्ने निर्णय गरेको छ ।

कर्णाली प्रदेश कमिटीको कार्यालय बैठकले अधिवेशन तयारीसँगै विभिन्न निर्णयहरू समेत गरेको छ । अधिवेशनका लागि लोगो समेत सार्वजनिक भएको छ ।

कर्णालीका ताल तथा अन्य कुराहरूलाई प्रतिनिधित्व हुने गरी चित्रांकन गरी लोगोमा समेटिएको छ ।

यस्तै मुगुको रारा ताल, तालको छेउको हिमाल माथिबाट सूर्य उदाएको जस्तो देखाइएको छ ।

लोगोमा पार्टीको लाल झण्डा पनि फहराइएको छ । लोगोमा रातो, सेतो, निलो, पहेँलो लगायतको रंग समावेश भएको छ ।
 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update