Public Pana
कृषि क्षेत्रको अध्ययन गर्न आरजु राणा बंगलादेश जाने

कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिका सभापति डा. आरजु राणा बंगलादेशको कृषि क्षेत्रको अनुगमन गर्न त्यसतर्फ जाने भएकी छन् ।

आरजुको नेतृत्वमा अनिशा नेपाली, अम्मरबहादुर थापा, विनिता कठायत, सूर्यकुमारी श्रेष्ठ, रुपा सोसी चौधरी र उपसचिव शिवदत्त बराल बंगलादेश जाने सो समितिले निर्णय गरेको हो ।

आज बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले गौरीफाँटा नाका पुनः सञ्चालनमा ल्याउन सरकारलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।

विषादी परीक्षण गर्दै आएको गौरीफाँटा नाका पुनः सञ्चालनमा ल्याउन समितिले सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।
 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update