Public Pana

काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा राखिएको छ । 
पशुपति आर्यघाटमा अन्त्येष्टि गर्नुअघि श्रद्धाञ्जलीका लागि उनको शव राष्ट्रिय सभागृहमा राखिएको हो । 

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ७ का सभापतिसमेत रहेका रिजालको  उपचारका क्रममा बिहीबार बिहान ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको थियो ।

वडाध्यक्ष रिजालका दुवै फोक्सोमा भएको थियो भाइरल निमोनिया श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर  आर्यघाट लगिँदैछ ।

उनको पार्थिव शरीरमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगोल, कांग्रेस महामन्त्री गगनकुमार थापा लगायत नेताहरुले श्रद्धाञ्जली दिए ।

उनको पार्थिव शरीरमा काठमाडौं महानगरको झण्डा ओढाएर श्रद्धाञ्जली दिइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update