Public Pana
मेयर बालेन शाह र उपमेयर सुनितासहित कांग्रेस नेता कार्यकर्ता ग्राण्डी पुगे 

काठमाडौं महानगरका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पुगेका छन् ।

डेंगुबाट वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको बिहीबार निधनपछि उनीहरुसँगै नेपाली कांग्रेसका नेताहरु समेत अस्पताल पुगेका हुन् ।
 

ग्राण्डी अस्पताल पुगेका मेयर शाह र उपमेयर डंगोल लगायत कांग्रेसका नेता कार्यकर्ताहरू निकै भावुक देखिएका छन् ।
 

रिजालको आज बुधबार बिहान निधन भएको हो ।

उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिनका लागि बिहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा राखिनेछ । त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिनेछ ।

नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका रिजाल २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनबाट पनि वडाध्यक्ष निर्वाचित भएका थिए ।

उनको जन्म २०२७ साल कार्तिक १९ गते भएको हो ।
 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update